बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वाफ महिला च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दै छ।साउदी अरबमा जारी प्रतियोगितामा आज राति १०:४५ बजे समूह ‘बी’ का नेपाल र प्यालेस्टाइनको खेल हुनेछ। सेमिफाइनलमा पुगेका दुवै टोली समूहको शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।यसअघि समूह चरणमा भएका दुवै खेल नेपालले जितेको छ। पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, दोस्रो खेलमा इराकलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी थिइन्।प्यालेस्टाइनले पनि समूह चरणका दुवै खेल जितेको छ। पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० गोल अन्तरले पराजित गरेको थियो।नेपाल र प्यालेस्टाइन ६-६ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन्। सिरिया र इराक दुई-दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिसकेका छन्।

त्यस्तै, समूह ‘ए’बाट जोर्डन र लेवनान सेमिफाइनलमा पुगिसकेका छन्।

 

तपाईको प्रतिक्रिया