Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – कलाकार हरिवंश आचार्यले साहित्य बिना समाज बन्दै नबन्ने भएकोले आफ्नाे साहित्य सांस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन् । बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा भएको दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको छ । पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ ।’

स्थानीय जनप्रतिनिधिबाट पठन संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्कने कार्यक्रम भएको प्रयासको प्रशंसा गरे । हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैं साहित्यकै नजिक रहेको बताए । आफ्नो कलाकारिता महजोडीमध्येका एक हरिवंशले आफ्ना जोडी मदनकृष्ण श्रेष्ठलाई सम्झँदै भने, ‘हामी पनि नपत्याउँदो किसिमले साहित्यिक सेवक हौं । हामीले जानेको काम पनि यही हो ।’

शुक्रबार र शनिबार चल्ने दुई दिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मान समेत गरिएको थियो । स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधिहरुको सहभागी भएका थिए । स्थानीय सांस्कृतिक झाँकीगाजाबाजाबाट सुरू भएको महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ । महोत्सवमा डा‍‍.भगवान कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रुपमा सहभागी हुँदैछन् ।

बुढानिलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिने महोत्सवमा ‘आहा बुढानिलकण्ठ’ र ‘बुढानिलकण्ठ महफिल’जस्ता बुढानिलकण्ठ विशेष सत्र पनि समावेश छन् । स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरु छन् । दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया