सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

काठमाडौं – काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ । शुक्रबार एक जना महिला बच्चा चोरी गरी फरार भएकी हुन् ।

अहिले प्रहरीले खोजी र अनुसन्धान गरिरहेको उको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी महिलाको २६ दिने छोरी चोरी भएको हो ।

अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ । केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन् । घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो । त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया