Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन्। उनले आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन्। २ वर्षअघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् ।

रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्। फेसबुकमा उनले लेखेकी छिन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ । रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाको पछिल्लो समय ‘उपहार’ फिल्म आउँदैछ ।

 

तपाईको प्रतिक्रिया