बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – एलिना चौहान र खेम सेञ्चुरीको स्वर रहेको गीत ‘कट्टा हान्दिन्छु’लाई युट्युबमा १ करोड बढीले हेरेका छन् । सार्वजनिक भएको एक महिनामा गीतले युट्युबमा १० मिलियन प्लस भ्युज पाएको हो ।

नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेमको संगीत एवं एचबिएन किस्मतको संगीत संयोजन छ । ओवी रायमाझी र आश्मा विश्वकर्माको नृत्य एवं अभिनय रहेको गीत सार्वजनिक भएसँगै चर्चा एवं विवादमा समेत आएको थियो ।

यसको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । मानकृष्ण महर्जनको सम्पादन, बन्दे प्रसादको सम्पादन रहेको गीतका प्रस्तुतकर्ता प्रकाश भण्डारी हुन् ।

 

तपाईको प्रतिक्रिया