Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको सीतापाइलामा परिवारका ३ जनाको हत्या गरेर आत्महत्या गरेको घटनाका चारैजनाको एकै चितामा शव जलाइएको छ । काजी भनिने राजु घिमिरे विश्वकर्माले बुधबार हत्या गरेका श्रीमती, छोरी र नातिनी र आत्महत्या गरेका उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । बिहान ११ बजेदेखि पालैपालो सबैको शब जलाइएको हो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईँको घरमा डेरामा बस्दै आएका राजुले बुधबार बिहान ७ बजे घन, रड, चक्कू प्रहार गरी श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठको हत्या गरेका थिए ।

८ वर्षकी छोरी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको पनि हत्या गरेका थिए । ईश्वरीको श्रीमान् राजु घिमिरे पनि आधाघन्टा माथि रहेको जङ्गलमा आत्महत्या गरेका थिए । उनले आफूले हत्या गरेर आत्महत्या गरेका हुन् ।दाहसंस्कारमा परिवारका अरू सदस्य तथा आफन्त आएका थिए । सोलुखुम्बुको विभिन्न संस्थाहरूका सदस्यहरू समेत दाहसंस्कारमा आएका थिए ।

श्रीमतीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले भिडिओ बनाएर नाम लिएका एक जना बिहीबार पक्राउ परेका छन् । १४ वर्षका छोरा अनीश श्रेष्ठलाई उनकै मोबाइलबाट खिच्न लगाएर नाम लिएका चितवनका श्रेष्ठ थरका एक व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ । श्रीमती, छोरी र २ वर्षकी नातिनीको हत्या गरेपछि काजीले १४ वर्षका छोरा अनीशलाई मोबाइलबाट भिडिओ खिच्न लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया