Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले ल्याएको विधेयक टेबल गर्न नदिन विपक्षी सांसदहरू संसद्‌ बाहिर गएको भनेर सत्तापक्षका सांसदले आरोप लगाएपछि विपक्षी सांसद आक्रोशित भएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा रास्वपाका विराजभक्त श्रेष्ठले सत्तापक्षले विपक्षीलाई आक्षेप लगाएको भन्दै आक्रोशित भएका हुन् ।

त्यसअघि कांग्रेसका राजेन्द्र केसीले कोरम पुर्‍याउन नदिन विपक्षी सांसद संसद् बाहिर गएको आरोप लगाएका थिए । ‘संसद् चल्ने सत्ता पक्षको बहुमतले हो । संसद् चलाउन नसक्ने गठबन्धनमा प्वाल परेको हो ?’ सांसद श्रेष्ठले सोधे ।

सांसद श्रेष्ठले कुनै पार्टीको महासमिति बैठक चलाउने नाममा संसद्‌को क्यालेण्डर प्रभावित गरेको आरोप लगाए । ‘संसद् चलेन भनेर हामीलाई आरोप लगाउन पाइन्छ ? सत्तापक्षले क्षमा माग्नु पर्छ’ श्रेष्ठले भने । संसद्‌मा सत्ता पक्षका सांसदहरूले आरोप प्रत्यारोप गरेका छन् ।

 

तपाईको प्रतिक्रिया