Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेसहित प्रतिपक्षी दलहरूले संसद्को बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसद्को बैठक अवरुद्ध गरेका थिए । लगातारको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिपक्षी दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीको माग गरेका छन् । बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनीहरूको माग छ ।

भगवान् गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किराँतीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् ।

तपाईको प्रतिक्रिया