Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेकपा एमालेका सचिव योगेश भट्टराईले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् ।

बालकुमारी घटनामा छानबिन आयोगले दोषी देखाएकोले मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने बताए । मन्त्री ज्वाला त्यहाँ पुगेका कारण भीडलाई उत्तेजित बनाउने काम गरेको भट्टराईले आरोप लगाए । ‘सरकारले बनाएको छानबिन आयोगले मन्त्री दोषी छ भनिसकेपछि पदमा बस्ने कुरा हुँदैहुँदैन’, भट्टराईले भने टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्यमन्त्री राजीनामा दिनुपर्ने भट्टराईले माग गरे ।

लुम्बिनी विकास कोषमार्फत रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने निर्णय गराएका संस्कृतिमन्त्री किराँतीले राजीनामा दिनुपर्ने भट्टराईको माग थियो तीन मन्त्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ नदिँदासम्म विरोधका कार्यक्रम जारी रहने उनले बताए । एमालेले पछिल्ला दिनमा संसद्‌मा तीन मन्त्रीको राजीनामा माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया