Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।

तपाईको प्रतिक्रिया