Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप कलाकार पवन खतिवडा ‘म्याकुरी’ले खण्डन गरेका छन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गरे । अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले उल्लेख गरे ।

पवनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’ सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

 

 

तपाईको प्रतिक्रिया