Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनाको विषयमा सांसदहरूले उठाएको विषयको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठकमा प्रतिपक्षी दलहरू नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बालकुमारी घटनाबारे सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन्।

प्रतिपक्षी दलका सांसदहरूले बालकुमारी घटना सम्बन्धमा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनबारे सरकारको जवाफ माग गर्दै उभिएर विरोध जनाएका थिए। बालकुमारी घटनामा सरकारको छानबिन प्रतिवेदनले नै दोषी देखाएको भन्दै तत्काल पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले बालकुमारी घटनाका दोषीलाई कारबाही नभएमा संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिएका थिए।

त्यसबारे गत फागुन ६ गते बसेको बैठकमा नै सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए। उनले सोही ध्यानाकर्षण सम्झाउँदै संसद्मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

 

तपाईको प्रतिक्रिया