Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठकमा समसामयिक विषयसँगै अरु दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भएको छ । सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक अन्तर्गत हिजो बोल्ने धेरै सदस्यहरु गठबन्धन ठिक कि बेठिक भन्नेमा विभाजित देखिएका छन् । उनीहरुले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्न पनि नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीबाट टिकट लिइ जनप्रतिनिधि भएका सबैले तल्लो तहका नागरिकलाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

बैठकको तेस्रो दिन हिजो (बुधबार) उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्नेलगायत सुझाव आएको उहाँको भनाइ छ । सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि प्रायजसाे महासमिति सदस्यहरुले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया