बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा समसामयिक राजनीति र गठबन्धनको समीक्षालगायतका विषयमा पनि छलफलको तयारी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया