Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन्। हिमालहरु सफा राख्ने उदेश्यका साथ नयाँ नियम लागू गरिएको हो । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ। सगरमाथा क्षेत्रको सरसफाई सम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए । उनकाअनुसार संघ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको हो ।

हिमालका ढुंगामा दिसा देखिएको र पर्वतारोहीहरू बिरामी पनि परेको गुनासो आउने गरेको छ । ‘आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसंग छलफल जारी राखेको छ,’ उनले भने, ‘सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ।’

आरोहीले आधार शिविरमाथि विर्सजन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन। त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनको भनाई छ ।

सगरमाथा क्षेत्रको सरसफाइमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले समेत काम गरिरहे पनि सफाइका लागि पुग्न नसकिने र आरोहीले बोकेर ल्याउँदा जोखिम रहेको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या देखिएको छ । समुद्री सतहभन्दा सात हजार ९ सय ६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो। उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आगामी सिजनबाटै सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीलाई दिसा बोक्ने झोला दिएर पठाइने जानकारी दिए । ‘आरोहणसंग सम्बन्धित सम्पूर्ण संघ संस्थासंगको छलफल र परामर्शपछि गाउँपालिकाले यो निर्णयलाई अघि बढाएको हो,’ उनले भने ।***

तपाईको प्रतिक्रिया