Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । हिजो बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । आज उनीहरु तीनकुने आएर प्रदर्शन गर्ने बताइएको छ। मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर काठमाडौँ आएको हो।

हिजो बुधबार काठमाडौं आइपुगेका उनीहरु चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कमा बास बसेका छन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको, अदालतमा मुद्दा चलिरहेको र मिटरब्याज पीडितहरु जेल जाने अवस्था अन्त्य नभएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया