Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारसँग ४० बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दैछ । राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउन लागेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकामा प्रदर्शनसहित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउनेछन् भने उपत्यकाबाहिर ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला अध्यक्षहरूले एउटै मागपत्र बुझाउने कार्यक्रम छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ ।

राप्रपाले आज दबावमूलक र्‍याली गर्दैछ । श्रेष्ठका अनुसार र्‍याली दिउँसो १२:३० बजे भृकुटीमण्डपबाट शुरु हुने र्‍याली भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । भृकुटीमण्डपमा हुने सभालाई प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष लिङ्देन लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया