Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी विक मृत फेला परेका छन् । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीह ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

हत्या गरी फरार रहेका भनिएका विक हरिसिद्धिको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचना पाएपनि प्रहरी टोली बिहान घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या भएको हो । दुई तले घरको भुईँ तलामा कोठा लिएर बसेका उनीहरूमाथि ह्यामरले हानेको अवस्थामा रहेको फेला परेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया