Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बङ्गलादेशसँग विद्युत बिक्री सम्झौताको टुङ्गो लगाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

विद्युत बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रुप दिन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको छ । प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रपोजल पेश गरिसकेको छ । प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो ।

पाँच वर्षसम्मको सम्झौता गरि नेपालले बङ्गलादेशतर्फ भारत हुँदै बिजुली निर्यात गर्न लागेको हो । पहिलो चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली खरिद गर्न लागेको हो । प्राधिकरणले प्रस्तावित गरेको मूल्य बाहेक भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको थप शुल्क बङ्गलादेशले तिर्नुपर्ने हुनेछ । त्यसकारण बङ्गलादेशले ८ रुपैयाँ २४ पैसा भन्दा महँगोमा बिजुली किन्दा लागत उच्च पर्ने बताउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया