Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं । नेपाली जनसम्पर्क समिति बेलायतले ६ जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य चयन गरेको छ । जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले २६ जनवरी २०२३ मा बसेको समितिको बैठकबाट महासमिति सदस्य चयन गरेको उल्लेख गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गरेका हुन् ।

महासमिति सदस्यहरूमा विनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केशबहादुर गुरुङ रहेका छन् भने जनसम्पर्क समिति बेलायतका गुरुङ पदेन रहेका छन् ।

चयन भएका सबै गोदावरीमा जारी महासमिति बैठकमा उपस्थित भएका छन् । महासमिति बैठकमा सहभागी उनीहरूले जनसम्पर्क समितिका विविध मुद्दामा आवाज उठाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया