Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पटक-पटक गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली, टिकापुर नगरपालिकाका ३६ वर्षीय हृदयराज बोगटी र नुवाकोट ककनी न.पा.वडा नं.०३ घर भएका ३६ वर्षीय नरहरि ढुंगाना रहेका छन्। योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आइतबार काठमाण्डौको चन्द्रागिरि न.पा. वडा नं. ०९ मच्छेगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया