Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित उनले प्रतिवेदन पेश गरेका छन् । ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ,’ थापाले प्रतिवेदनमा भनेका छन्, ‘हाम्रा मतदाता र कार्यकर्ताहरूलाई कांग्रेसको चुनाव चिह्न रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

उनले सरकारको सफलता र असफलता दुवैमा कांग्रेसको पनि भूमिका रहने तर सफलताको जस लिन खोजे पनि असफलताको दोष कांग्रेसले लिन नचाहेको पनि बताए । ‘सत्ता गठबन्धनको भरपुर बिश्वास हुने गरि सरकारले काम गरेको छैन,’ उनले भने, ‘सरकारको सफलता वा असफलतामा कांग्रेसको पनि भूमिका छ तर सफलताको जस लिन खोज्ने अनि असफलताको जस किन लिने भन्ने कांग्रेसभित्र नै छ ।’

यस्तो छ महामन्त्री गगन थापाको प्रतिवेदनको पूर्णपाठ :-

 

तपाईको प्रतिक्रिया