Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरे । उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको बताएका छन् । उनले आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशत पुगेको बताउँदै विगत केही वर्षदेखि नै स्रोतको आँकलन नगरी ठुलो सङ्ख्यामा बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले स्रोतमा चापको अवस्था रहेको बताए ।

आयोजनाको प्राथमिकीकरण कमजोर रहेको र स-साना आयोजनाहरूमा बजेट छर्ने समस्याले खर्चको प्रभावकारितामा समस्या रहेका स्मरण गरे । कोभिडको परिवेशमा नेपाल राष्ट्र बैंकमार्फत ठुलो मात्रामा कर्जा विस्तार भएको र पछि एक्कासि नियन्त्रणमूलक नीति लिँदा अर्थतन्त्रमा सङ्कुचनकारी असर देखिएको उनको भनाइ छ ।

यस्तो छ अर्थमन्त्रीको प्रतिवेदन : पूर्णपाठ

 

तपाईको प्रतिक्रिया