शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ । जापानको टोकियोमा रहेको नाकानो जेरो हलमा आगामी मार्च २३ तारिखमा प्रदर्शन हुने महाजात्राको टिजर मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ । पैसा लुकाउने जागिर पाउने कलाकार हुन् विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रविन्द्र झा । फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ ।

जापानको ओकीनावादेखि सेन्दाइसम्मका सिटीमा महाजात्राको शो हुने जापान राइट्स खरिद गरेका सचिन आचार्यले जानकारी दिए । चलचित्र नेपालमा भने आगामी चैत ९ गतेबाट प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया