Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – जापानमा सेनाका जवानहरूको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरूलाई समेत सेनामा भर्ती लिइने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

थप युवाहरूलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरू पाइरहेको छैन ।

तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ । नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र पछाडि छोटो कपाल राख्न पाउनेछन् । महिलाहरूले पनि लामो कपाल राख्न पाउनेछन् । तर पोसाक लगाएको बेलामा कपाल बाँध्दा कुमभन्दा तल खस्ने हुनु हुन्न । अनि हेलमेट लगाउँदा पनि समस्या आउन नहुने बताइएको छ ।

पछिल्लो समय चीनले सैन्य क्षमतामा व्यापक वृद्धि गरिरहेको छ । उत्तर कोरियाले पनि आफ्नो मिसाइल र परमाणु कार्यक्रम आक्रामक रूपमा बढाइरहेको छ । जन्मदर कीर्तिमानी न्यून स्तरमा रहेको अनि जनसंख्या घटिरहेको स्थितिमा जापानको सेना पछिल्लो समय क्षमताभन्दा १० प्रतिशतभन्दा कममा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया