Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको भाडादरमा पुनर्विचार गरिने बताएका छन् । उनले अन्य प्रतिस्पर्धी विमान सेवाहरुको तुलनामा नेपाल एअरलाइन्सको सेवा सुविधामा कुनै कमी आउन नदिने गरी ब्यवसायिक सुधार गरिने प्रतिबद्धता ब्यक्त गरे ।

टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले यात्रुहरुको सुबिधालाई ध्यानमा राखी निगमले अन्तर्राष्ट्रिय स्तरको खानाको ब्यवस्था गरिनुका साथै भाडादरमा पुनर्विचार गरिने बारे गृहकार्य भईरहेको बताए ।
एनआरएनए जापानद्वारा सोमबार साँझ टोकियोमा आयोजित उक्त कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले चन्द्रसूर्य अंकित राष्ट्रिय ध्वजाको सम्मानका लागि पनि हामी नेपालीहरुले निगमको विमान प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गरे । यसैगरी निगमले पनि भाडादरमा पुनर्विचार गर्न राजदूत डा. सुबेदीले सुझाव दिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले एनआरएनसंग जोडिएका पछिल्ला समसामयिक बिषयवस्तुबारे प्रकाश पारेका थिए ।

नारिता-काठमाडौ सीधा उडान सुरु भएयता निगमको अधिकाँश यात्रुहरुमा नेपालीहरु नै रहने गरेको पाईन्छ । पछिल्लो समयमा नेपाल वायु सेवा निगमको भाडादर महंगो भएको भन्दै कतिपय नेपाली यात्रुहरुले विमान बंगलादेशको रुट प्रयोग गर्न थालेको सन्दर्भमा निगमका अध्यक्षसंग जापानका नेपालीहरुले अन्तरक्रिया गरेका हुन् ।

जापान भ्रमणमा रहेका निगमका अध्यक्ष अधिकारी र वरिष्ठ अधिवक्ता पन्तको स्वागतमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको सभापतित्वमा भएको थियो । महासचिव टिकाराम खरेलको सञ्चालन रहेको सो कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष सुवास लामिछानेको स्वागत मन्तब्य रहेको थियो ।

तपाईको प्रतिक्रिया