Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ । रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्जका केही भागमा कर्फ्यु लगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ ।

प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया