मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।

 

तपाईको प्रतिक्रिया