Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लुम्बिनीबाट पैदलयात्रा सुरु गरेर काठमाडौँ आइपुगेका अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर मागपत्र बुझाएको छ । पैदलयात्राको १०औँ दिन ईः सहितको टोली आज काठमाडौँ आइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए तर प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उनीहरू त्यहाँ पुगेर मागपत्र बुझाएका हुन् ।

सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन उद्देश्यले उनीहरूले पैदल यात्रा गरेका थिए। अभियन्ता ईःले पाँच पृष्ठको मागपत्र बुझाएका छन् । सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले उनीहरूलाई बालुवाटार बोलाइएको थियो । त्यसपछि प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतलाई बालुवाटार लगेको थियो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरूको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका ईःले जानकारी दिएका छन् । अभियन्ता ईः ले माघ २८ गते लुम्बिनीबाट पैदलयात्रा थालेका थिए ।

तपाईको प्रतिक्रिया