Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रवन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार यी दुई घटनामा संलग्न मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कास्कीका सन्तोष परियार र कालिकोटका दिपेन्द्र परियार रहेका छन्। उनीहरु दुवै जना वैद्य नेतृत्वको पार्टी निकट क्रान्तिकारी युवासंघका कार्यकर्ता हुन्।

फागुन ४ गते डीडीसीका महाप्रबन्धक झालाई दूध बेचेको १७ करोड रुपैयाँ अनियमितता गरेको भन्दै मोसो दलेका थिए। यस्तै डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न पनि आलटाल गरेको उनीहरुको आरोप छ। कर्मचारी सरुवा बढुवामा आर्थिक लाभ लिएको आरोप समेत वैद्यका कार्यकर्ताले लगाएका छन्। माघ १९ गते उनीहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई पनि मोसो दलेका थिए। उनले लाइसेन्स घोटाला गरेको आरोपमा दुव्र्यवहार गरेका हुन्।

यस्तै वैद्यकै कार्यकर्ताले आइतबार सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई पनि मोसो दलेका छन्। आइतबार अधिकारीको कार्यकक्षमै पुगेर उनीहरुले मोसो दलेका हुन्। यो घटनामा संलग्नहरु भने पक्राउ परेका छैनन्। यस सम्बन्धमा पनि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए।

तपाईको प्रतिक्रिया