Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन बनेका मकवानपुरका रामहरि दुलाललाई घर फर्कन परिवारले आग्रह गरेका छन् ।  मकवानपुरगढी सिमलटारी घर भई मलेसियाको क्वालालम्पुर विमानस्थल हुँदै शनिबार नेपाल आएका उनी सम्पर्कविहीन बनेका हुन् ।

विमानस्थलको अभिलेख अनुसार दुलाल आएको जहाज शनिबार ११ः ०४ मा नेपाल ल्यान्ड भएको थियो । विमानबाट ओर्लिएपछि पनि परिवारको सम्पर्कमा नआएपछि उनका परिवार आत्तिँदै विमानस्थल प्रशासनमा पुगेका हुन् । विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन विभागले समेत दुलाल अध्यागमन पास भएर बाहिरिएको बताएको थियो ।

त्यसपश्चात् विमानस्थल प्रहरीकहाँ गएर खोजी गर्न आग्रह गरेका उनका परिवारलाई प्रहरीले सिसिटिभी क्यामेरा देखायो । जहाँ रामहरि दुलाल विमानस्थलबाट भाडाको भ्यान लिएर विमानस्थलबाट बाहिरिएको उनका दाइ गोविन्दराज दुलालले बताए ।  २ वर्षपछि नेपाल फर्किएका रामहरि सम्पर्कविहीन भएपछि उनका परिवार आत्तिएका छन् । ‘घरमा  परिवार तिम्रो बाटो कुरिरहेका छन् । जहाँ छौ सम्पर्कमा आऊ’, भाइलाई अनुरोध गर्छन् गोविन्द ।

उनी रामहरिलाई कोही कसैले देखे नजिकको प्रहरी वा तल दिइएका नम्बरमा सम्पर्क गर्न अनुरोधसमेत गर्छन् । सम्पर्क नम्बर : ९८५५०८६५९४, ९८४५२८६५९४

तपाईको प्रतिक्रिया