Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घट्नामा दोषी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका छन् । मन्त्री ज्वाला उक्त घट्नामा दोषी देखिएको भनेर छानबिन समितिको प्रतिवेदन आउँदापनि प्रधानमन्त्रीले किन बर्खास्त नगरेको भनेर विषय संसद्मा समेत प्रवेश गरेपछि प्रधानमन्त्री दाहालले यस्तो तयारी गरेका हुन् ।

सांसदहरुसँगको हिजो (आइतबार) को प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री दाहालले छानबिन समितिको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्छु भनेर प्रतिबद्धता जनाएका थिए । समितिले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदन हिजोको क्याविनेटमा प्रधानमन्त्रीले बुझिसकेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई राजीनामा दिन भनिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया