Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा समाचार सङ्कलनका लागि काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्च अगाडि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयले सोमबार आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश निषेध गरिएको हो। सोको विरोध गर्दै पत्रकारहरूले ‘क्यामेरा डाउन’ गरेका छन्।

समाचार सङ्कलनमा पुगेका पत्रकारहरूले कार्यक्रमस्थलमा प्रवेश नपाएपछि सैनिकमञ्चको गेटमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।समाचार सङ्कलनका लागि विशेष प्रवेश पास चाहिने भन्दै भित्र पस्न नदिएको पत्रकारहरूले बताएका छन् । यसअघिका कार्यक्रममा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रले काम गर्ने गरेको थियो ।

प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।

 

तपाईको प्रतिक्रिया