सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

काठमाडौं – सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम सूचीमा रहेका तीनमध्ये भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारसँग व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । तीमध्ये समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिको सिफारिसका आधारमा निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

तपाईको प्रतिक्रिया