Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएपछि अहिलेसम्म पनि उनको शव फेला परेको छैन ।

हालसम्म क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा पूर्ण मौनता कायम राखेको छ । पोस्टमार्टमपछि शव हस्तान्तरण गर्ने भनिए पनि अहिलेसम्म नगरेको उनका समर्थकले बताएका छन् । उनीहरूले रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको आरोप लगाएका छन् ।

कारागार अधिकारीलाई उद्धृत गर्दै नवल्नीको शवको पोस्टमार्टम गरिएको बताइएको छ। तर उनको मृत्युबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन । फेरि दोस्रो पटक पोस्टमार्टम हुने बताइएको छ । शव कहाँ राखिएको छ भन्नेबारे पनि कुनै खुलाइएको छैन । गत शुक्रबार नाभाल्नी आर्कटिक सर्कलको जेलमा बिरामी परेका थिए । त्यसको केही समयपछि उनको मृत्यु भयो । रुसले नाभाल्नीलाई विष दिएर मारेको समाचार निराधार भएको बताएको छ ।

४७ वर्षीय नभाल्नी राजनीतिक कैदीका रूपमा रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए । उनको मृत्युमा शनिबार राखिएको शाेकसभामा सहभागी भएकाहरूमाथि प्रहरीले धरपकड पनि गरे । १०० जना पक्राउ परेका बीबीसीले जनाएको छ । नभाल्नीको जेलमा भएको मृत्युपछि संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दावी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भित र आक्रोशित’ तुल्याएको बताएका छन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रुसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताएका छन् । बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया