Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – साइप्रसमा दुई नेपाली युवतीको मृत्यु भएको छ । लिमासोल सहरमा आफैँले काम गर्ने घरको कोठामा गत माघ ३ गते बुधवार दिउँसो साढे २ बजेतिर युनिशा तामाङलाई रोजगारदाताले मृत फेला पारेकी थिइन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेलम्ची-७ सिन्धुपाल्चोक घर भएकी २७ वर्षीया तामाङ २ वर्षदेखि साइप्रसमा घरेलु कामदारका रूपमा काम गरिरहेकी थिइन् । शव पोस्टमार्टमबाट उनले आत्महत्या गरेको पुष्टि भएको नेपाली राजदूतावासका डा. राम जीवन पञ्जियारले जानकारी दिए । कतार एयरवेजमार्फत उनको पार्थिव शरीर आइतबार नेपाल पठाइँदै छ ।

फागुन २० गते मंगलबार बिहान १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुगेपछि बल्ल आफन्तले शव बुझ्नेछन् । पोस्टमार्टम विवरण आउन ढिला भएको र प्रक्रिया पूरा गर्दागर्दै १ महिना लागेको डा. पञ्जियारले बताए । अढाई महिनाअघि साइप्रसमै आत्महत्या गरेकी पवित्रा घर्तीमगरको शव नेपाल पठाउन पनि झन्डै डेढ महिना लागेको थियो ।

पछिल्लो समय साइप्रसमा होटल, रेस्टुरेन्ट, कृषि र घरेलु कामदारको माग बढ्दो छ । नेपालबाट यहाँ आउन त्यति झन्झटलाग्दो पनि छैन, अन्य युरोपेली मुलुकभन्दा चाँडै भिसा लाग्छ । मेनपावरले भनेजति तलब नपाउने, भनेजस्तो काम नहुने, निर्धारित सयमभन्दा बेसी खट्नुपर्ने भएकाले नेपाली कामदार ठगिएको गुनासो गर्छन् ।

ऋण गरेर ठूलो सपना बोकेर युरोप छिरिसकेपछि यहाँको स्थिति बुझ्दै जाँदा मानसिक तनाव बढ्न थाल्छ । घरमा लाख पैसा माग्न लाग्छन् । यहाँ भनेजस्तो तलब पाइँदैन । घरेलु कामदार युवतीहरूलाई स्थानीय भाषा आउँदैन । बूढाबूढी रोजगारदाता अङ्ग्रेजी जान्दैनन् । यस्ता धेरै कारणले अप्रिय घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया