Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका विषयमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले पढ्न बाँकी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिवेदन आफूले आज मात्र पाएको भन्दै अध्ययन गरेर आवश्यक कारबाही गर्ने उल्लेख गरे ।

आइतबारकै संसद् बैठकमा विपक्षी दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए । उनीहरूले प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी ठहर गरिएको भन्दै किन बर्खास्त नगरेको भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन नै अध्ययन गर्न नपाएको उल्लेख गरे । ‘प्रतिवेदन गृह मन्त्रालय हुँदै आज मात्र मैले पाएको छु । मैले यसलाई हेरेको पनि छैन । आजै क्याबिनेट छ । अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, यो विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

यसबारे प्रतिपक्षी दलहरूले सरकारले गरेका कार्यका विषयमा गलत प्रचार गरेको उनले आरोप लगाए । घटनापश्चात् सरकारले लिएको कदम सकारात्मक भएको उनको भनाइ थियो । ‘सरकारले गम्भीर रूपले लिएर संलग्नलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अघि बढाउने, १० लाख दिएर चुप लागेर बसेको तथ्यहीन हो । छानबिन समिति प्रतिपक्षीले बनाएको हैन होला ! सरकारले बनाएको हो, मेरै प्रस्तावमा बनेको हो,’ उनले भने ।

मृतक दुईजनाका परिवारलाई १० लाख रुपैयाँ मात्र दिएर सरकार पन्छिएको विषयमा सत्यता नभएको उनले बताए । उनले पीडित परिवारका एक/एकजनालाई रोजगारी दिइने र श्रम मन्त्रालयबाट पनि थप रकम दिने टुंगो लागेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया