Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि तय छ । संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको प्रश्नोत्तर कार्यक्रम छ । जसमा सांसदहरूले राखेका जिज्ञासाका प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने अर्को कार्यसूची पनि छ ।राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पेश गर्ने, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत गर्नेलगायत अन्य कार्यसूची पनि आज छन् ।

तपाईको प्रतिक्रिया