Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । हिजो शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र बन्ने बताए ।

सनातन धर्मको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा उठाउने उल्लेख गरे । हिन्दुराष्ट्र नेपाल स्थापनाका निम्ति कसैको सहयोग नलिइएको उनको भनाइ छ ।

यसअघि, आउँदो सोमबारदेखि सुरु हुने महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा समेट्न भन्दै भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमितिमा पूरक प्रस्ताव पेस गरिएको थियो । जसमा २२ कांग्रेसी नेताले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया