Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ ।

बिहीबार ईशनाथ-५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा विवाद हुँदा स्थानीय नरेश पासवानसहित केही घाइते भएका थिए । घट्नापछि प्रशासन र दुवै समुदायका अगुवाबिच सहमति भएपनि शनिबार पुन झडप भएको छ । झडपमा परेर घिउराका २३ वर्षीय भोला ठाकुर घाइते भएको स्थानीयले बताए ।

अहिले स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ । ईशनाथको पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मणि भूषण साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया