मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – तपाई हामी सबैलाई थाहा छ । अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ ।

पछिल्लो समय धेरै जसोको मुखबाट दिनभरीको व्यस्तता पछि पनि रातमा निन्द्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ ।

तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन । बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन् ।

जुत्ता-चप्पल
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता-चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।

पानीको जग
सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ । यस्तो गर्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।

तेल
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।

ऐना
पति-पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति-पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।

मोबाइल-ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया