Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतस्थित ‘एभरेष्ट सोलिसिटर’का कानून व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा मिलाइदिने गिरोहका मुख्य योजनाकार केही दिनअघि पाँचथरबाट पक्राउ परेका सूर्य नेम्वाङको बयानका आधारमा थापाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । थापासँगै समी काछी रोजी श्रेष्ठ विरुद्ध पनि २ फागुन २०८०मा पक्राउ पुर्जी जारी भएको छ ।नेम्वाङलाई गोर्खा सैनिकहरूको उजुरीको आधारमा गत १५ माघ २०८० पाँचथरको फिदिम नगरपालिका–४ स्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

कराेडौं ठगीका आरोप लागेका नेम्वाङले प्रहरीलाई दिएको बयानको आधारमा अदालतले थापा र श्रेष्ठलाई प्रतिवादी बनाएको हो । जिल्ला अदालत काठमाडौंले नेम्वाङलाई भने ५ लाख धरौटीमा रिहा गरेको छ ।

नेम्वाङको बयानको आधारमा सरकारी वकिलले बयानको आधारमा थापा र श्रेष्ठलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । प्रहरीका अनुसार नेम्वाङले ठगीको पैसा थापालाई बुझाएको बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया