Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले १५.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालको जितमा अनिल शाह र आसिफ सेखले अर्धशतक बनाएका थिए । अनिल शाहले अविजित ५७ रन बनाएका थिए भने आसिफ सेखले ५४रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले २८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए ।

योजित पछि नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा पहिलो जित हासिल हासिल गर्दै २ अंक हासिल गरेको छ । अब सिरिजको तेस्रो खेल आगामी सोमबार नामिबिया र नेदरल्याण्डसबीच हुने छ ।

तपाईको प्रतिक्रिया