Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको छ । उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिक सर्कल जेल राखिएको थियो ।

रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए । उनलाई गत वर्ष मात्रै निकै कठोर जेलमध्येको आर्क्टिक पेनल कोलोनीमा सारिएको थियो ।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइसकिएको बताएका छन् । उनी एक दिन अघि अदालती सुनुवाइका क्रमको एक भिडिओमा देखा परेका थिए । त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेका देखिएका छन् ।

जेल प्रशासनले उनी शुक्रवार हिँडेपछि बिरामी भएको जनाएको छ । ‘उनले तत्कालै अचेत भए,’ जेलका एक जना अधिकारीले भनेका छन् । उनको उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको छ । ‘आपत्कालीन चिकित्सकहरूले कैदीको मृत्यु भएको घोषणा गरेका छन् । मृत्युको कारण पहिचानको प्रयास भइरहेको छ,’ जेल प्रशासनका अधिकारीले भनेका छन् । नभाल्नीका वकिलले रुसी सञ्चा माध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन् ।

नभाल्नी को हुन् ?
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन् ।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।

तपाईको प्रतिक्रिया