Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरीले जापान पठाउने आश्वासनमा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको निबुवाटारका ३७ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् । उनलाई प्रहरीले आइतबार काठमाडौंस्थित बिजुली बजारबाट पक्राउ गरेको हो ।

उनी हाल ललितपुरको सानेपामा बस्दै आएका थिए । उनले रिता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले आठ लाख रुपैयाँ लागतमा जापान पठाउने आश्वासन दिएका थिए ।

पीडितहरूलाई अधिकारीले जापान पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक दुई लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए । तर, पीडितहरूबाट पटकपटक ३५ लाख ५० हजार रुपैयाँ रकम लिएपछि उनी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

तपाईको प्रतिक्रिया