Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गर्दा नेपालको एसिया कप खेल्ने सपना समाप्त भएको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यो जितसँगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया