Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – ललितपुरमा छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ । शनिवार महालक्ष्मी नागरपालिका-३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवालाई रविनाले हत्या गरेपछि आत्महत्या रोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविनाले छाडेको सुसाइड नोटमा लेखिएको छ, ‘बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ ।’ आफ्ना श्रीमान र दिदीलाई प्रमाणको रुपमा म्यासेन्जरमा सुसाइड नोट पठाएको रविनाले उल्लेख गरेकी छन् ।’

घटनास्थलमा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक नवराज कार्कीले रातोपाटीलाई बताए । कार्की भन्छन्, ‘नोट फेला परेको छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौं ।’

एक पेज लामो नोटमा रविनाले आफूले एक्लै संसार छाड्न नसेकेको उल्लेख गर्दै भनेकी छिन्, ‘कसैसँग गुनासो र दोष छैन । मैले स्वनिर्णय गरेको हुँ ।’ रविनाले थप लेखेकी छन्, ‘जिन्दगी सोचेजस्तो भएन ।’

तपाईको प्रतिक्रिया