Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको करिब एक सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम हुने विशेष अदालतको फैसलाले गैरआवासी नेपाली संघलाई करोडौको नोक्सानी हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने भएको छ। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको जग्गा सरकारका नाममा कायम हुनेगरी फैसला गरेसँगै एनआरएनएको सम्पत्ति पनि जोखिममा परेको हो।

शेष घले अध्यक्ष हुँदा एनआरएनएले बालुवाटारमा ३ रोपनी भन्दा धेरै जग्गा झण्डै १३ करोड रुपैयाँ खर्चिएर किनेको थियो । पछि सोही विवादित जग्गामा भवन बनाइएको थियो भने सोही स्थानबाट सचिवालयले काम गर्दै आएको छ । विश्वभरका गैरआवासीय नेपालीले दिएको चन्दा सहयोगमा यो सम्पत्ति किनिएको एनआरएनए अभियन्ताहरु बताउँछन्।

तपाईको प्रतिक्रिया