Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजे बाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ । हिजो बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई–दुई रूपैयाँ बढेको जनाएको छ ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकिएको जनाएको छ । आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया