Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ। गुरुङलाई अदालतले २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्रिपरिषदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष ८० लाख जरिवाना सुनाएको हो। राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाएको छ।

ललिता निवासको सरकारी जग्गा निजी स्वामित्वमा लगेको प्रकरणमा पूर्व मन्त्री विजयकुमार गच्छदारले भने सफाइ पाएका छन्।

तपाईको प्रतिक्रिया